शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माछापोखरी स्थित ग्यारेजमा रोकिराखेको बसमा आगलागी

शनिबार, ०४ भदौ २०७९, ०७ : ५९
शनिबार, ०४ भदौ २०७९

काठमाडौंको माछापोखरीमा रोकेर राखेको बसमा आगो लागेको छ । गएराति साढे १० बजेतिर बुद्ध हल पछाडी रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगो लागेको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो निभाएको छ । 

मर्मतका लागि राखिएको सो बसमा अचानक लागो लागेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट बस पूर्ण रुपमा जलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप