शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आखिर छोरी न परेँ

शनिबार, ०४ भदौ २०७९, ०६ : ५६
शनिबार, ०४ भदौ २०७९

हाँस्दा पनि सम्हालिनु पर्छ 
बाहिर कति निस्किदा पनि ख्याल गर्नुपर्छ 
भीडमा हुँदा डराउनुपर्छ 
किनकि म छोरी हो नि त ।

एकान्तमा पनि डराउनुपर्छ 
प्रत्येक क्षण लक्ष्मण रेखा ख्याल राख्नुपर्छ 
सबै नियमको पालना गर्नुपर्छ 
किनकि म छोरी हो नि त ।

बोल्दा सम्हालिएर बोल्नुपर्छ 
हरेक संस्कारको ख्याल मैले मात्र राख्नुपर्छ  
सबैलाई आदर अनि सत्कार मैले मात्र गर्नुपर्छ 
छोरी हु नि म है ।

परिवारको इज्जतको कदर मैले नै गर्नुपर्ने 
सहनशीलता अनि धैर्यता पनि म मा नै हुनुपर्ने 
असल चरित्रको जरुरी मेरो मात्र हुनुपर्ने 
छोरी भएर जन्मेपछि ।

बिहे अगाडि आमा बुबाको हुनुपर्छ 
बिहेपछि सासू ससुरा अनि पतिको हुनुपर्छ 
घरभित्र अनि बाहिर सबै जिम्मेवारी लिनुपर्छ 
एउटा छोरी, अब बुहारी न परे ।

कहिले बुबा आमाको हुनुपर्छ 
कहिले श्रीमान्को हुनुपर्छ 
कहिले सासू ससुराको हुनुपर्छ 
तर म आफ्नो कहिले हुनु पर्दैन 
आखिर छोरी न परे ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप