शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीका उपमुख्यमन्त्री सिसोदियासहित १५ विरुद्ध एफआईआर दर्ता

शनिबार, ०४ भदौ २०७९, ०६ : ५२
शनिबार, ०४ भदौ २०७९

सीबीआईले शुक्रबार दिल्लीका उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनिष सिसोदियाको निवाससहित देशका सात राज्यका करिब २० ठाउँमा छापा मारेको छ । समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सीबीआईले यस सम्बन्धमा एफआईआर दर्ता गरेको बताएको छ। यसमा सिसोदियासहित १५ जनालाई आरोपी बनाइएको छ ।

यो एफआईआर छापा मार्नु भन्दा दुई दिन अघि अगस्त १७ मा दर्ता गरिएको हो। एफआईआरमा अन्तःशुल्क विभागका अधिकारी, रक्सी कम्पनीका अधिकारी र डिलरको नाम समावेश छ। यससँगै अज्ञात सरकारी अधिकारी र निजी व्यक्तिको नाम पनि राखिएको छ ।

अभियुक्तहरूमाथि षड्यन्त्र गरेको अभियोगमा दफा १२०-बी, लेखा हेरफेर गरेको आरोपमा ४७७-ए र भ्रष्टाचार निवारण ऐनको दफा ७ अन्तर्गत मुद्दा चलाइएको छ। एफआईआरमा सिसोदिया बाहेक अर्वा गोपी कृष्ण, आनन्द तिवारी, पंकज भटनागर, विजय नायर, मनोज राई, अमनदीप ढल, समीर महेन्द्रु, अमित अरोरा, दिनेश अरोरा, सन्नी मारवाह, अरुण रामचन्द्र पिल्लै, अरुण पाण्डे, बडी रिटेल प्रालि र महादेव लिकरको नाम राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप