बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगरौं : चीन

शुक्रबार, ०३ भदौ २०७९, २२ : ३३
शुक्रबार, ०३ भदौ २०७९

सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न चीनले अमेरिकासँग आग्रह गरेको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ सङ्कल्पलाई गलत नबुझ्न अमेरिकी पक्षलाई आग्रह गरेका हुन् ।

पूर्वी एसियाली तथा प्रशान्त क्षेत्र मामिला अमेरिकी सहायक विदेशमन्त्री डेनियल क्रिटेनब्रिंकले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रियाबारे लगाएको आरोपको जवाफमा वाङले उक्त कुरा बताएका हुन् ।

“पेलोसीको चीनको ताइवान क्षेत्रको उत्तेजक भ्रमणबारे सन्दर्भ, कारण र घटनाक्रम स्पष्ट छ,” वाङले भने । उनले भने, “संयुक्त राज्य अमेरिका एक चीन नीति प्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको छ र चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको छ ।”

“चिनियाँहरु अलास्काको ‘स्वतन्त्रता’लाई समर्थन गर्न संयुक्त राज्य अमेरिका गएका नभइ अमेरिकी नेताहरू ‘ताइवान स्वतन्त्रता’को नाममा ताइवानी पृथकतावादी गतिविधिलाई समर्थन गर्न ताइवान गएको भन्ने बिषय सबै सामु छर्लङ्ग छ,” वाङले भने ।

अमेरिकी उक्साहट विरूद्ध चीनको कडा प्रतिक्रिया तर्कसङ्गत, कानुनसम्मत र न्यायोचित रहेको र यसलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रुपमा बुझेको र समर्थन गरेको वाङले बताए । जिम्मेवारीबाट पन्छिनु र आरोपबाट पन्छिनु र समस्यालाई थप संकटतर्फ लानुको सट्टा अमेरिकी पक्षका लागि समस्याको एक मात्र समाधान चीन–अमेरिका सम्बन्धमा चीन र अमेरिकाले जारी गरेका तीन संयुक्त विज्ञप्तिको पालना गर्नु र एक चीन नीतिप्रति प्रतिवद्ध हुनु हो । 

वाङले भने, “हामी हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न दृढ सङ्कल्पित छौं । हामी अमेरिकी पक्षलाई यस विषयमा गलत अनुमान नगर्न आग्रह गर्दछौं ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप