शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्रिटिस लुब्रिकेन्ट ब्रान्ड नेपाली बजारमा

शुक्रबार, ०३ भदौ २०७९, २२ : १५
शुक्रबार, ०३ भदौ २०७९

विश्व प्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड डकम्स नेपाली बजारमा पुनः प्रवेश गरेको छ । १८९९ मा स्थापित यो ब्राण्डले लुब्रिकेन्ट बजारमा थुप्रै इनोभेसन टेक्नोलोजीको सुरुवात गरेको जनाएको छ । 

युरोपकै पहिलो मल्टी ट्रेड ओयल भनिएको यो ब्राण्ड लोकप्रिय छ ।  एक मात्र हरियो कलरको यो लुब्रिकेन्टले विश्व कार र मोटरसाइकल रेसिङका विभिन्न चरणहरूमा आफूलाई प्रमाणित गरेको छ । यसलाई हाई परफरमेन्स  ब्रान्डको रुपमा परिचित गराइएको पनि कम्पनीको भनाइ छ । 

यसको नेपालको आधिकारिक वितरक ओटेक ट्रेड रहेको छ । ओटेक ट्रेड विभिन्न क्षेत्रहरूमा  १५ वर्ष भन्दा बढी अनुभव बोकेको प्रमुख व्यापार समूह हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप