बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ : गृहमन्त्री खाण

शुक्रबार, ०३ भदौ २०७९, २० : ५०
शुक्रबार, ०३ भदौ २०७९

गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् ।

कृष्ण जन्माअष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरी नागरिकता विहीन हुनु नपर्ने उल्लेख गरे ।

विसं २०७२ मा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवालाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याइएको उनले बताए । “नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनुपर्ने थियो तर विसं २०७२ मा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन, अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नागरिकता दिन विधेयक अगाडि बढाएको हो”, गृहमन्त्री खाणले भने  । उनले विधेयकलाई सबैले साथ दिनुपर्ने आवश्यकता औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप