जुम्ला पुगेर चुनावी अभियान अघि बढाउँदै ज्ञानेन्द्र शाही
चुनावको मिति नजिकिएसँगै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही चुनावी क्षेत्र केन्द्रीत भएका छन् । उनी काठमाडौंमा उम्मेदवारी घोषणा गरेर आफ्नो पक्षमा माहोल सिर्जना गर्नका लागि जुम्ला पुगेका हुन् । स्थानीय चुनावमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बलियो गढ मानिएको जिल्लामा उनले आफूलाई उम्मेदवारको रुपमा अघि सारेका हुन् ।
गत स्थानीय निर्वाचनमा जुम्लाका आठ स्थानीय तहमध्ये एक स्वतन्त्र, दुई माओवादी केन्द्र र पाँच स्थानीय तहमा नेपाली काँग्रेसले जितेको थियो । तर, अहिले जिल्लामा अन्य दललाई टक्कर दिन शाही जिल्लामा पुगेका हुन् । जिल्लामा अन्य पार्टी स्थापित भएपनि आफूलाई जनताले सहयोग गर्ने उनको विश्वास छ ।
साउन २३ गते राजधानीमा पत्रकार सम्मेलन गरेर उनले निर्वाचन लड्ने घोषणा गरेका थिए । आफूलाई जन्म जिल्ला जुम्ला प्यारो लाग्ने र जिते पनि हारे पनि केही फरक नपर्ने उनले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
-
राजीनामा दिने सोचमा पुगेकै हुन् त क्यानडाका प्रधानमन्त्री ?
-
काठमाडौँमा जुवा खेलिरहेका १७ जना पक्राउ
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?