श्रीपालीलाई वाईसीएलको अध्यक्ष बनाउने तयारी, महासचिवमा ३ जनाको दाबी
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व सुबोध श्रीपालीलाई दिने तयारी भएको छ। शुक्रबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय भेलाबाट उनलाई नेतृत्वमा चयन गर्ने तयारी भएको हो ।
उनी हाल संगठनको सहसंयोजकको भूमिकामा छन् । यसअघिको सम्मेलनमा सुमन देवकोटा र श्रीपालीबीच नेतृत्व लिनेबारे विवाद भएपछि पार्टीको हस्तक्षेपमा देवकोटालाई संयोजक र श्रीपालीलाई सहसंयोजक बनाइएको थियो । तर, देवकोटाको ४० वर्षे उम्मेर हद पूरा भएपछि श्रीपालीलाई नै अध्यक्ष बनाउनेगरी वाईसीएलभित्र तयारी भएको छ ।
यस्तै आईसीएलको महासचिवमा तीन जनाले मुख्यदाबी गरेका छन् । जसमा ज्ञानबहादुर गुरुङ, गणेश शाही र मिङमा डण्डु शेर्पा छन्। अरु पदमा खासै विवाद नभएपनि महासचिवमा मात्रै को हुने भन्नेमा विवाद देखिएको एक नेताले बताए । पदाधिकारीमा सकेसम्म सर्वसम्मत गरिने र यदि सहमति हुन नसकेमा निर्वाचनमा जाने तयारी गरिएको छ ।
‘हामीले पदाधिकारी ३५ सदस्यीय बनाउने समझदारी गरेका छौँ । अध्यक्षमा सुबोध नै हुने भन्ने छ । महासचिवमा मुख्यदाबेदार तीन जना हुनुहुन्छ । सहमति नभइ चुनाव हुने भएमा अरु पनि दाबेदार हुने सम्भावाना छ’, एक वाइसीएल नेताले भने, ‘वाईसीएल सर्वसम्मत हुन सकेन भने अध्यक्षसहित सबै पदमा चुनाव हुन सक्छ ।’
शुक्रबार वाईसीएलको उदघाटनसत्र सकिएको छ । बन्दसत्रका लागि नवराज ढुगानाको संयोजनमा ५ सदस्यीय अध्यक्ष मण्डल बनाइको श्रीपाली बताए । बन्दसत्रमा विधान संशोधन प्रतिवेदनमाथि छलफल भइरहेको छ । प्रतिनिधिहरुले उठाएको विषयमाथि संयोजकले जवाफ दिएपछि नेतृत्व चयनको प्रक्रिया हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण