निर्वाचनको मिति घोषणा भएपछि संसदको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्चमा रिट
शुक्रबार, ०३ भदौ २०७९, २२ : ५०

सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । बिहीबार अधिवक्ता मनिराम उपाध्याय लगायत पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
यसअघि अधिवक्ता उपाध्यायसहितले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन पेश गरेका थिए । तर उक्त निवेदन कामु मुख्य रजिस्ट्रार नारायण पन्थीले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरिदिएका थिए ।
न्यायाधीश सुष्मलता माथेमाको इजलासले दरपीठ बदर गर्दै निवेदन दर्ता गर्न आदेश दिएको हो । सो आदेशपछि विहीबार अधिवक्ता उपाध्याय लगायतले पेश गरेको निवेदन दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा