काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक
नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ । काँग्रेस नेता विमलेन्द्र निधिले गिरिको अवस्था गम्भीर रहेको भन्दै ईश्वरीय चमत्कारको लागि प्रार्थना गरेका छन् ।
उनलाई भेटेपछि ट्वीटरमा निधिले लेखका छन्, ‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरिलाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कँदै छु। स्तब्ध र निरीह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु – सबैले प्रार्थना गरौं !’ शुक्रबार उनले ट्वीटरमा लेखेका छन् ।
गिरिको साउन दोस्रो सातादेखि उपचार हुँदै आएपनि अवस्था सुधार हुन नसकेको हो। गिरि घाँटीको क्यान्सरबाट पीडित छन् । साथै उनमा निमोनिया पनि देखिएको अस्पताल स्रोतले जनाएको छ। गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मनसहितको टीम खटिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका : प्यालेस्टाइनको समर्थनमा आन्दोलनरत ३ सय विद्यार्थी पक्राउ
-
प्रविधिको उच्चतम प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि : सञ्चारमन्त्री शर्मा
-
सलमानको घरमा गोली चलाउने अभियुक्तको आत्महत्यामाथि प्रश्न, प्रहरीले हत्या गरेको दाबी
-
पोखराको बिजुली पसलमा आगलागी
-
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
-
आईपीएलमा आज : खेल जितेर छनोट हुने राजस्थानलाई अवसर