यस्तो बैंक जहाँ आमाको दुध जम्मा गरिन्छ

नेपालमा पहिलो पटक परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले यसको उद्घाटन गरेकी हुन् ।
ह्युमन मिल्क बैंकमा दुध धेरै आएर दुहेर फाल्नुपर्ने अवस्था सिर्जना भएका महिलाले दान गरेको दुध राखिन्छ । अस्पतालका नवजात शिशु विभागकी प्रमुख तथा बालरोग विशेषज्ञ डाक्टर कल्पना सुवेदीले दुध धेरै आएर फाल्नुपर्ने अवस्था सिर्जना भएका महिलाको दुध संकलन गरी परीक्षण गरेर ‘पास्चराइजेसन’ गरिने बताइन् । एक सय मिलिलिटरको बोतलमा सो दुध राखेर माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा भण्डारण गरिन्छ । त्यसरी बोतलमा राखिएको दुध आमाको दुध नपाएका शिशुलाई खुवाइने उनले बताइन् ।
डा.सुवेदीका अनुसार २४ घण्टाभित्र खुवाउनुपर्ने दुध खान र खुवाउन नसकेको अवस्थामा २ देखि ८ सेल्सियसको तापक्रममा राख्नुपर्छ । यस्तै पास्चराइजेशज गरेपछि माइक्रोबाइलोजीकल परीक्षण गरेर स्वच्छ भएको दूधलाई ३ देखि ६ महिनासम्म प्रयोग गर्न सकिने उनले बताइन् । ६ महिनाभित्र हेपाटाइटिस बी सर्फेस एन्टिजेन परीक्षण, एचआईभी र भेनेरल डिजिज रिसर्च ल्याबोरोटरी परीक्षणमा नेगेटिभ आएका र दीर्घ रोग नलागेका आमाहरुले दुध दान गर्न सक्ने डा.सुवेदीले बताइन् ।
इलेक्ट्रिक र म्यानुअल पम्पको माध्यम संकलन गरिएको दूधमा सबै तत्व रहने उनको भनाइ छ । प्रसूति गृहमा दैनिक ६५ देखि ७० जना सुत्केरी हुन्छन् । जसमध्ये सीसीयूमा ४० प्रतिशत दुध आवश्यक पर्छ । प्रसूति गृहमा स्थापना गरिएको अमृत कोषबाट मासिक १ हजार जना शिशु लाभान्वित हुने अस्पतालले जनाएको छ ।
यस्तै ह्युमन मिल्क बैंक उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले अस्पतालले अमृत कोषको स्थापना गर्नु मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा एक ऐतिहासिक सुरुवात भएको बताइन् । नेपाली समाजमा आमाको दुध दान गर्ने कार्य पुरानो अभ्यास भए पनि अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दुधको संकलन, प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्ने कार्य सुरुवात गरेको भन्दै उनले प्रशंसा गरिन् ।
अमृत कोषको स्थापनाले नेपालबाट शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । अमृत कोष स्थापनाका लागि युनिसेफले प्रविधिक सहयोग र स्वास्थ्यकर्मीलाई ‘पाथ’ले तालिम दिएको थियो । यसका लागि सरकारले १ करोड ५ लाख रकम उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति