बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा

शुक्रबार, ०३ भदौ २०७९, १८ : ०३
शुक्रबार, ०३ भदौ २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् । 

उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताए ।  महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘शासनहरु बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरूबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ । स्वतन्त्रहरु कहीँ जिम्मेवारीमा । कहीँ दलहरु जिम्मेवारीमा । तीन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । मैले अपील गर्नैपर्छ, भन्नैपर्छ, बिहान एक छाकको साँझ एक छाकको गरेर दुई छाकको सम्म फोहोर उठाउन तीन/तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ ।’ 

उनले थप भने- ‘काठमाडौं जस्तो शहरमा यो फोहोर उठाउने कुरा र यसको दीर्घकालीन समाधानको बारेमा सबै राजनीतिक दलले साझा ढंगले सोच्ने कुरा । निर्वाचित भएका महानगरका मेयर बालेनलाई सम्पूर्ण रुपले साथ दिएर बल पुर्याउने कुरा, अनि त्यहाँ बञ्चरेडाँडाका नागरिकले मागेका सामान्य कुराहरुलाई राज्यले नसुन्नुपर्ने, हामी दलहरुले नबुझ्नुपर्ने, तीन तहको सरकारले सम्बोधन गर्न नपर्ने भन्ने होइन । एक्काइसौं शताब्दीमा आँगनको फोहोर कसरी सफा गर्ने भन्ने विषय होइन । एक्काइसौं शताब्दीमा यो विषयलाई सम्बोधन गर्नलाई हामी जुन तहबाट कमजोरी भइरहेको छ, केन्द्र, प्रदेश चाहेँ स्थानिय तहबाट यस्तो विषयलाई सम्बोधन गर्नुपर्छ ।’

उनले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप