पशु सेवा विधेयकका त्रुटि सच्याउन माग गर्दै आन्दोलन
शुक्रबार, ०३ भदौ २०७९, १७ : ५३
प्रतिनिधिसभाबाट पास भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटिपूर्ण रहेको भन्दै पशु चिकित्सक आन्दोलित भएका छन् । एसईई उत्तीर्ण गरी तीन वर्षको पशु विज्ञान अध्ययन गरेका तथा एसइई समेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सक सरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाइएको भन्दै पशु चिकित्सकले आज बुटवलमा विरोध गरेका हुन् ।
विरोध स्वरूप नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले बुटवलको अस्पताल लाइनबाट सुरु भएको र्याली मिलन चोक हुँदै चौराहामा गएर कोणसभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै समितिका सचिव डा.युवराज पन्थले विज्ञ र प्राविधिक बिच सामान्य भिन्नता समेत नदेखिने गरी विधेयक अगाडि बढाएकाले विरोध गर्नुपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव