शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लागु औषधसहित निजगढका २ जना पक्राउ

शुक्रबार, ०३ भदौ २०७९, १७ : ३२
शुक्रबार, ०३ भदौ २०७९

बाराको बाराको निजगढ नगरपालिका–८ बाट २ जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरु पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँच गर्ने क्रममा दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको हो । 

बारा ट्राफिकका असई पुस्करप्रसाद घिमिरेको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको पूर्व‍–पश्चिम लोकमार्ग सडक खण्डबाट पथलैयाबाट निजगढ आउँदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा निजगढ नगरपालिकाका –९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका–७ योजनाका ३९ वर्षीय सन्तबहादुर लामालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६–२६ थान बरामद गरेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप अनुसन्धानका निम्ति उनीहरूलाई ईलाका प्रहरी कार्यालय निजगढलाई बुझाएको र  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लागुऔषध फेला परे पश्चात उनीहरु सवार रहेको स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । बाराको निजगढ लागुऔषध कारोबारीहरुका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ । यहाँबाट प्रत्येक दिन लागुऔषधसहित युवाहरू पक्राउ पर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप