भक्तपुरमा दिप यात्रा, २५ तस्बिरमा हेरौं
शुक्रबार, ०३ भदौ २०७९, १७ : १२

भक्तपुरमा सर्वसाधारणले कृष्ण जन्माष्टमीको अवसरमा दिप यात्रा गरेका छन् । भाद्र कृष्ण अष्टमीको अवसरमा शुक्रबार उनीहरुले हात र टाउकोमा बलेको दियो राखेर खाली खुट्टा नगर परिक्रमा गरेका हुन्।
नेवाः समुदायको सांस्कृतिक पोशाक लगाएर उनीहरु दिप यात्रामा सहभागी भएका थिए । दिप यात्रासँगै घिन्ताङ घिसी, माक प्याख लगायतका नाच समेत प्रदर्शन गरिएको थियो । हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन सापारुको अवसरमा भक्तपुरमा मतयाः निकालिने परम्परा छ। दिप यात्रा तलेजु भवानीको मन्दिर पुगेसँगै भक्तपुरमा ९ दिन लामो सापारु समापन हुने गर्छ।
‘नारायण दिप यात्रा’ नाम दिइएको सो दिपावली मनाइँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाज र राष्ट्रमा शान्ति फैलिने जनविश्वास रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा