दल दर्ताको निवेदनमाथि छानविन गर्दै निर्वाचन आयोग
आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको छ । आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन् ।
ती दलहरुले दर्ताका लागि बुझाएको आवश्यक कागजातमाथि जाँच बुझ गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । जाँचबुझका क्रममा दलहरुले बुझाउनुपर्ने कागजात नपुगेमा वा अस्पष्ट भएमा पुनः कागजात माग्ने उनले बताए । आयोगले आगामी भदौ ८ गते दर्ता भएका दलको अन्तिम विवरण प्रकाशन गर्ने तयारी गरेको छ । विवरण प्रकाशन गरेपछि उनीहरुले संघ, प्रदेश, प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुनका लागि निवेदन दिनुपर्ने उनले बताए । आयोगले साउन २२ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो ।
राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको निर्वाचनका लागि बन्द सूची बुझाउने कार्यसूची रहेको छ । यस्तै निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको खरिद प्रक्रिया सुरु गरिएको उनले बताए । यस्तै निर्वाचनका लागि आवश्यक कार्यविधि बनाउन लागेको उल्लेख गर्दै प्रवक्ता शर्माले निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट बनाउने काम भइरहेको पनि जानकारी दिए ।
निर्वाचन आयोगले आगामी भदौ २० गतेदेखि समानुपातिक तर्फको मतपत्र छपाई सुरु गर्ने तयारी गरेको छ । असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची पेश गर्ने कार्यसूची तय गरेको छ । यस्तै प्रत्यक्ष निर्वाचनतर्फ भदौ २५ गते निर्वाचन कार्यक्रम सञ्चालन, असोज ११ गते निर्वाचन अधिकृतहरुको नियुक्ति, असोज २१ गते निर्वाचन कार्यालय स्थापना, असोज २३ देखि २६ गतेसम्म उम्मेदवारी दर्ता, असोज २८ गतेदेखि कार्तिक २७ गतेसम्म १ महिना प्रत्यक्ष निर्वाचनका लागि मतपत्र प्रकाशन, कार्तिक २७ गतेदेखि मतपत्र ढुवानी गर्ने र मंसिर १ गतेदेखि चुनाव प्रचार प्रसार बन्द गर्ने कार्यसूची बनाएर काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण