प्रक्रिया पूरा नगरी हुमागाईले थाले प्रशिक्षण
नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले प्रक्रिया नै पूरा नगरी प्रशिक्षण थालेका छन् । अमेरिकी नागरिक हुमागाईले सम्झौता र श्रम स्वीकृत नलिएर नै प्रशिक्षण थालेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुपस्थितीमा असोज ११ गते हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । बुधबार नेपाल आइपुगेका प्रशिक्षक हुमागाईँले शुक्रबारदेखि लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा खेलाडीलाई प्रशिक्षण दिन थालेका छन् ।
एन्फाका प्रवक्ता सुरेश शाहीले हुमागाईले श्रम स्वीकृत लिन बाँकी रहेको हुनाले उनले त्यसपछि मात्र सम्झौता हुने बताए । सामान्यतया विदेशी नागरिकले नेपालमा काम गर्दा या रोजगारीका लागि आउँदा श्रम स्वीकृत आवश्यक पर्दछ । ‘उहाँले श्रम स्वीकृती ल्याउन बाँकी छ । त्यसपछि हामी सम्झौता गर्नेछौं । उहाँ श्रम स्वीकृतिको लागि प्रकृयामा हुनुहुन्छ,’ प्रवक्ता शाहले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण