प्रक्रिया पूरा नगरी हुमागाईले थाले प्रशिक्षण

नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले प्रक्रिया नै पूरा नगरी प्रशिक्षण थालेका छन् । अमेरिकी नागरिक हुमागाईले सम्झौता र श्रम स्वीकृत नलिएर नै प्रशिक्षण थालेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुपस्थितीमा असोज ११ गते हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । बुधबार नेपाल आइपुगेका प्रशिक्षक हुमागाईँले शुक्रबारदेखि लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा खेलाडीलाई प्रशिक्षण दिन थालेका छन् ।
एन्फाका प्रवक्ता सुरेश शाहीले हुमागाईले श्रम स्वीकृत लिन बाँकी रहेको हुनाले उनले त्यसपछि मात्र सम्झौता हुने बताए । सामान्यतया विदेशी नागरिकले नेपालमा काम गर्दा या रोजगारीका लागि आउँदा श्रम स्वीकृत आवश्यक पर्दछ । ‘उहाँले श्रम स्वीकृती ल्याउन बाँकी छ । त्यसपछि हामी सम्झौता गर्नेछौं । उहाँ श्रम स्वीकृतिको लागि प्रकृयामा हुनुहुन्छ,’ प्रवक्ता शाहले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक