शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलको प्रसिद्ध गुप्तचर एजेन्सी मोसादले पहिलो पटक बनायो महिला निर्देशक

शुक्रबार, ०३ भदौ २०७९, १५ : ४४
शुक्रबार, ०३ भदौ २०७९

इजरायलको गुप्तचर एजेन्सी ‘‘मोसाद’ मा निर्देशक र इरान डेस्कको प्रमुखको रुपमा पहिलो पटक कुनै महिलालाई नियुक्त गरिएको छ । इजरायलको विदेश मन्त्रालयको डिजिटल कूटनीति टोलीको आधिकारिक ट्विटर ह्यान्डलमा यो जानकारी दिइएको हो ।

यस ट्वीटमा भनिएको छ, ‘आज मोसाद इन्टेलिजेन्स अथोरिटीको निर्देशकको पदलाई ‘ए’ ले सम्हालेकी छिन् भनेर घोषणा गर्न चाहन्छ । मोसादको इतिहासमा यो पदमा बस्ने उनी पहिलो महिला हुन् ।’ उनको दर्जा इजराइली सेनाको गुप्तचर संस्थाको प्रमुखको स्तरको हुनेछ ।

सोही ट्वीटमा अर्की वरिष्ठ महिला एजेन्ट ‘के’ ले इरान डेस्कको प्रमुखको जिम्मेवारी सम्हालेको पनि बताइएको छ ।

यससँगै यस विश्व चर्चित गुप्तचर संस्थामा अहिले जम्मा चारजना महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप