बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षयकुमार अभिनित ‘कटपुतली’ को टिजर रिलिज

शुक्रबार, ०३ भदौ २०७९, १५ : ४२
शुक्रबार, ०३ भदौ २०७९

बलिउड अभिनेता अक्षयकुमार अहिले फिल्म ‘रक्षा बन्धन’ को बक्स अफिस खराब प्रदर्शनका कारण चर्चामा छन् । यो वर्ष बक्स अफिसमा फ्लप भएको ‘रक्षा बन्धन’ उनको तेस्रो फिल्म हो । यस्तैमा उनको नयाँ फिल्म ‘कटपुतली’ को टिजर सार्वजनिक भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर टिजर सार्वजनिक गरिएको हो ।

सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अक्षयकुमारले लेखेका छन्, ‘यो खेलका पावरको होइन, मनको हो । यो दिमागको खेलमा, तपाईं र म ... सबै कठपुतली हौं ।’  टिजरमा अक्षय कुमारका धेरै तस्बिरहरु देखाइएको छ, जसमा उनी प्रहरीको भूमिकामा देखिएका छन् । क्राइम थ्रिलर बिषयमा बनेको फिल्म रञ्जित एम तिवारीले निर्देशन गरेका हुन् । फिल्मलाई ज्याकी भगनानी र दिपशिखा देखमुखको पारिवारिक ब्यानर पूजा इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप