सन् २०२० देखि कोरिया जानेका लागि कम्प्युटरमा आधारित परीक्षा प्रणाली

काठमाडौँ । रोजगार अनुमती प्रणाली अन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारहरुका लागि सन् २०२० बाट कम्प्युटरमा आधारित परीक्षा प्रणाली लागु गरिने भएको छ । दक्षिण कोरियाले सन् २०१९ बाट कम्प्युटरमा आधारित परीक्षा प्रणली लागु गर्न चाहे पनि नेपाली पक्षको तयारीमा भएको ढिलाईले एक वर्ष पछि सरेको हो ।
कोरियाले सन् २०१९ देखि कामदारको सीप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको छ । २०१८ का लागि उत्तिर्ण कामदारहरुको सीप परीक्षा भने रोकिएको छ । पेपरमा आधारित परीक्षा प्रणाली २०१९ सम्म मात्रै लागु हुने इपिएस कार्यालय ग्वार्कोले जनाएको छ ।
२०२० देखि कोरियाले कम्प्युटर प्रणालीमा परीक्षा लिनुको साथै युवाहरुको हातको सीप पनि हेर्नेछ । भाषा र सीप परीक्षामा उत्तिर्ण भएका युवालाई कोरियाले योग्य ठहर्याई रोष्टरमा नाम सवावेश गर्नेछ ।
भाषा र सीप परिक्षणका लागि सरकारले भैँसेपाटीमा सिबिटी बिल्डिङ निर्माण गरिने इपिएस कार्यालयले जनाएको छ । ६ तले भवनको लागत रकम नेपाल सरकारले बेहार्ने छ भने भित्री व्यवस्थापन कोरिया सरकारले गर्नेछ । परीक्षा तथा सीप परिक्षणका लागि आवश्यक सामाग्रीहरु कोरिया सरकारले प्रदान गर्ने भएको छ । प्रत्येक कोठामा ३५ जना अट्ने गरि परीक्षा सञ्चालन गरिनेछ । एक सिफ्टमा २१० जना युवाले परीक्षा दिने गरि भौतिक संरचना निर्माण गरिने इपिएस कार्यालयका अधिकृत शोभाकर भण्डारीले जानकारी गराए ।
सीपमा आधारित परीक्षा प्रणाली पश्चात हाल प्रचलित परीक्षा प्रणालीलाई परिमार्जन गरिने भएको छ । नयाँ परीक्षा पद्धतिमा सीपलाई पनि अंक निर्धारण गरिने भएको छ । हाल सुनुवाई र पढाईमा आधारित वस्तुगत २५/२५ प्रश्नहरु सोधिने गरिएको छ । प्रत्येक प्रश्नभार चार अंकको हुन्छ । सन् २०२० देखि भाषा र सीपको सय÷सय पूर्णांक कायम गरिने बताइएको छ ।
नयाँ प्रणाली अनुसार कामदारको शारीरिक अवस्था पनि परीक्षण गरिने भएको छ । वस्तुगत प्रश्नलाई मुख्य आधार बनाएको कोरियाले कामदारको सन् २०२० देखि शारिरीक तन्दुरुस्ता पनि परिक्षण गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम