प्रसूति अस्पतालबाट गत वर्ष साढे २६ हजारभन्दा बढीले लिए प्रसूति सेवा
थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पतालबाट गत वर्ष २६ हजार ६०५ जनाले प्रसूति सेवा लिएका छन् । अस्पतालको ६३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
अस्पतालका निर्देशक प्रा.डा. अमिरबाबु श्रेष्ठले अस्पतालमा शय्या अभावमा कुनै पनि बिरामीलाई फिर्ता नगरिएको दाबी गरे । त्यस्तो अवस्थामा अस्थायी शय्याको व्यवस्था गरी बिरामीको उपचार गरिएको उनको भनाइ छ ।
६३ वर्षअघि ४० शय्याबाट सुरु भएको परोपकार अस्पतालमा हाल ४९० शय्या छन् । यद्यपि अस्पतालले ४१५ शय्याको मात्र स्वीकृति लिएको छ । सीमित साधन र स्रोतका बाबजुद विश्व कै नमूना प्रसूति केन्द्रको रुपमा स्थापित यस अस्पतालमा आर्थिक वर्ष ०७८/०७९ मा कुल ३३ हजार ८५५ बिरामी भर्ना भएको अस्पतालले जनाएको छ । जसमा प्रसूतितर्फ २६ हजार ६०५ जनाले सेवा लिएको डा. श्रेष्ठले बताए ।
यस्तै, स्त्रीरोग तर्फ ४ हजार ९३० जनाले सेवा लिएका छन् । नवजात शिशु सघन तर्फ २ हजार ३१८ र मातृ सघन तर्फ ४२८ जनाले सेवा लिएका छन् ।
आर्थिक वर्ष ०७८/७९ मा २४ हजार ३६९ जना गर्भवती महिलाको प्रसूति डेलिभरीबाट २४ हजार ५९३ शिशुको जन्म भएको थियो । जसमध्ये ९ हजार ११८ जनाको सिजरियन सेक्सन अन्तर्गत शल्यक्रिया भएको थियो । स्त्रीरोग गाईनोकोलोजी शल्यक्रिया तर्फ २ हजार ७९१ जनाको शल्यक्रिया भएको निर्देशक प्रा.डा. श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण