युनाइटेडसँगको सम्झौता नजिक क्यासेमिरो
शुक्रबार, ०३ भदौ २०७९, १५ : १०
रियल मड्रिडका मिडफिल्डर क्यासेमिरो प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता नजिक पुगेका छन् । युनाइटेडले उनलाई ५० दशमलव ७ मिलियन युरो र ८ दशमलव ५ मिलियन युरो थप गर्ने भएपछि सहमति भएको हो ।
क्यासेमिरो सन् २०१३ मा रियल मड्रिड आएका थिए । ३० वर्षीय ब्राजिलियन मिडफिल्डरले तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका जितेका छन् । क्यासेमिरोले रियल मड्रिडबाट २२१ लिग खेल खेलेर २४ गोल गरेका छन् । उनी सन् २०१४–१५ को सिजन पोर्टाेमा लोनमा गएका थिए ।
ब्राजिलका लागि क्यासेमिरोले ६३ खेल खेलेर ५ गोल गरेका छन् । पछिल्लो सयम प्रिमिर लिगका दुई खेलमा कमजोर प्रदर्शन गरेको युनाइटेडले क्यासेमिरोलाई भित्राउन लागेको हो ।