सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो परमाणु हमलादेखि विध्वंशकारी महामारीसम्म : तस्बिरमा हेर्नुहोस् ती टर्निङ पोइन्ट्स जसले पूरा विश्व फेरिदियो

शुक्रबार, ०३ भदौ २०७९, १४ : २१
शुक्रबार, ०३ भदौ २०७९

भनिन्छ एउटा फोटोले हजार शब्द बयान गर्न सक्छ । आज विश्व फोटोग्राफी डेको मौकामा ती ऐतिहासिक तस्बिर हेरौँ जुन विश्वका लागि टर्निङ पोइन्ट्स साबित भए । साथै जसले हाम्रो जीवनलाई सधैँका लागि फेरिदिएको छ ।

१९११ : जब दक्षिण ध्रुवमा मानिसको पहिलो कदम पर्यो

सन् १९११ मा मानिसले पहिलो पटक दक्षिण ध्रुवमा पाइला टेकेका थिए । नर्वेजियन अन्वेषक रोनाल्ड अमुन्डसेनको नेतृत्वमा पहिलो टोलीले  डिसेम्बर सन् १९११ मा दक्षिण ध्रुवमा पाइला राखे । त्यसपछि मात्रै संसारलाई राम्रोसँग बुझ्नका लागि वैज्ञानिक अभियानको सुरुवात भए ।

सन् १९४५ :  पहिलो परमाणु बम हमला, हिरोशिमा र नागासाकीको विध्वंश

तस्बिर दोस्रो विश्वयुद्धको हो । जापानले पूरा विश्वभरी वितन्डा मच्चाइरहेको थियो तर ६ अगस्ट १९४५ को दिन जापानका लागि सबैभन्दा नराम्रो दिन रह्यो । अमेरिकाले हिरोशिमामा परमाणु बम खसाल्यो । संसारले पहिलो पटक परमाणु बमको शक्ति देख्यो । यस्तो विनाश पहिले कहिल्यै भएको थिएन । जापानले घुँडा टेकिसकेको थियो तर तीन दिनपछि अमेरिकाले नागासाकीमा दोस्रो आणविक बम खसाल्यो । जापानले युद्ध हार्यो  तर त्यसपछि विश्वमा आणविक हतियारको दौड सुरु भयो ।

सन् १९४७ : भारतमा स्वतन्त्रताको उत्सव सँगै विभाजनको पीडा

१५ अगस्ट १९४७ मा भारत स्वतन्त्र भयो तर यो स्वतन्त्रतासँगै विभाजनको पीडा पनि थियो । भारतको एउटा टुक्रा छुट्टिएर पाकिस्तान बन्यो । यो मानव इतिहासमा सबैभन्दा ठूलो पलायन थियो । विभाजनका कारण एक करोडभन्दा बढी मानिस आफ्नै देशमा शरणार्थी बने ।

सन् १९४९ : जब नाटो सोभियत संघविरुद्ध खडा भयो

सोभियत संघले पहिलो आणविक बम परीक्षण गरेसँगै पूर्वी युरोपमा यसको प्रभाव बढ्न थाल्यो । त्यसको जवाफमा अमेरिका र पश्चिमी देशहरूले उसकोविरुद्ध गठबन्धन बनाउने निर्णय गरे । नाम दिए – उत्तर अटलान्टिक सन्धि संगठन अर्थात नाटो । यो गठबन्धनको अर्थ एक सदस्यमाथिको आक्रमणलाई सम्पूर्ण नाटोमाथि आक्रमण मानिनेछ । यससँगै विश्वमा शीतयुद्ध सुरु भयो ।

सन् १९५४ : जब मानिसले पोलियोविरुद्ध खोप बनाए

पोलियोविरुद्ध विश्वको पहिलो खोप सन् १९५४ मा बनाइएको थियो । यो खोप अमेरिकी अनुसन्धानकर्ता जोनास साल्कले पत्ता लगाएका हुन् । खोप सफल पाइएपछि क्यानडा, फिनल्याण्ड र अमेरिकाका १६ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइएको छ । आज पाकिस्तान र अफगानिस्ताबाहेक विश्वका सबै देश पोलियोमुक्त छन् ।

सन् १९६४ : जब अमेरिकामा गोरा र कालालाई समान अधिकार प्राप्त भयो

सन् १९६४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोनसनले देशमा नागरिक अधिकार ऐन १९६४ लागू गरे । यस ऐतिहासिक तस्बिरमा, राष्ट्रपति जोनसनसँग प्रख्यात मानवअधिकार कार्यकर्ता मार्टिन लुथर किंग जूनियर छन् ।  यो ऐन लागू भएपछि अमेरिकामा जात, रंग, धर्म, लिङ्ग र राष्ट्रियताको आधारमा भेदभाव गर्न प्रतिबन्ध लगाइयो ।

सन् १९६७ : ६ दिने युद्धमा इजरायलले एक्लै तीन अरब देशहरूलाई हरायो

यो तस्बिरले त्यो ६ दिन वर्णन गरिदिन्छ जसले मध्यपूर्वका देशहरूको नक्सालाई सदाको लागि परिवर्तन गरिदियो । एक इजराइल भर्सेस तीन अरब देश । ‘सिक्स डे वार’ नामबाट चर्चित यो युद्धमा इजरायल एक्लैले गाजा पट्टी, पूर्वी जेरुसेलम र वेस्ट बैंक कब्जा गरेको थियो । यस युद्धमा इजरायलले इजिप्ट, सिरिया र जोर्डनलाई पराजित गरेको थियो ।

सन् १९६९ : चन्द्रमामा मानिसको पहिलो तस्बिर

चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति नील आर्मस्ट्रङ बारे हामी सबैलाई थाहा छ तर के तपाईलाई थाहा छ निल आर्मस्ट्रङले चन्द्रमामा कुनै व्यक्तिको पहिलो फोटो पनि निल आर्मस्ट्रङले नै खिचेका थिए । तस्बिरमा देखिएका व्यक्ति बज एल्ड्रिन हुन्, जो नीलपछि चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति थिए । यो तस्बिर सन् १९६९ को अपोलो ११ मिसनको हो । यस मिसनमा पहिलो पटक मानिसले चन्द्रमामा पाइला राखेका थिए ।

सन् १९७९ : इरानमा इस्लामिक क्रान्ति, अमेरिकासँग दुश्मनी

तस्बिर अयातुल्ला रुहोल्लाह खोमेनी को हो । १ फेब्रुअरी १९७९ मा अयातोल्लाह खोमेनी १५ वर्षको निर्वासनपछि इरान फर्किए । खोमेनीको आगमनले इरानको इतिहासमा एक नयाँ अध्याय लेख्यो । खोमेनीले इरानका शासक मोहम्मद रेजा शाहको शासनलाई फेब्रुअरी १९७९ मा हटाए र इरानबाट राजतन्त्र विघटन भयो । १ अप्रिल १९७९ मा खोमेनीले इरानलाई इस्लामिक गणतन्त्र घोषणा गरे । त्यसयता इरान र अमेरिकाबीचको सम्बन्ध सधैँका लागि बिग्रिएको छ ।

सन् १९८९ : जब बर्लिन पर्खाल भत्कियो तब पूर्व र पश्चिम एक भए

तस्बिर जर्मनीको हो । यो त्यो क्षण हो जब बर्लिनको पर्खाल निर्माण भएको २८ वर्षपछि भत्काइयो । यसअघि पूर्वी र पश्चिम जर्मनी दुई अलग देश थिए । बर्लिन पर्खाल ढलेपछि, दुई एक भए । आज पनि जर्मनीको अर्थतन्त्रमा पनि एकताको त्यही शक्ति देखिन्छ । जर्मनी आज विश्वको सबैभन्दा सफल देशहरू मध्ये एक हो ।

सन् १९९२ : विश्वमा शीतयुद्धको अन्त्य, ४० वर्ष पुरानो शत्रुताको अन्त्य

सोभियत संघको विघटन भएको केही महिनापछि नै अमेरिकी राष्ट्रपति जर्ज बुश (सिनियर) र रुसी राष्ट्रपति बोरिस येल्तसिनले शीतयुद्धको अन्त्यको औपचारिक घोषणा गरे । दुवै देशले एक अर्कातिर ताकेको परमाणु मिसाइल हटाए ।

सन् १९९३ : अफ्रिकाको भोकमरीको सबैभन्दा दर्दनाक चित्र

यो सन् १९९३ तिरको कुरा हो । यतिबेला अफ्रिका भोकमरीको अवधिबाट गुज्रिरहेको थियो । त्यतिबेला सुडानमा कति भोकमरी थियो र त्यहाँको अवस्था कतिसम्मको भयावह थियो, यो तस्बिरबाट अनुमान मात्रै लगाउन सकिन्छ । यो तस्बिर सुडानमा रहेको संयुक्त राष्ट्र संघको शिविरको हो जहाँ एक बच्चा भोकले भुइँमा लडिरहेको छ र उनको पछाडि एउटा गिद्ध बच्चा कहिले मर्छ भनेर पर्खेर बसिरहेको  छ । फोटोग्राफर भएर कार्टरले यो तस्बिर खिचेको तीन महिनापछि नै निराश भएर आत्महत्या गरेका थिए ।

सन् २००० : जब अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन बन्यो ब्रह्माण्डमा मानिसको दोस्रो बासस्थान

सन् २००० मा मानिसले यस्तो सफलता हासिल गरे जुन अकल्पनीय थियो । पहिलो पटक पृथ्वी बाहिर पनि मानिसको बास थियो । यो तस्वीर आईएसएस अर्थात् अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको हो । नासाको नेतृत्वमा विश्वका १६ देशले यसलाई   बनाएका हुन् । अहिलेसम्म आईएसएसमा २०० भन्दा बढी अन्तरिक्ष यात्रीहरू बसेका छन् ।  

सन् २००१ : सबैभन्दा ठूलो आतंकवादी हमला, ९/११ पछि नै अमेरिकाले आतंकवादविरुद्ध युद्ध सुरु गर्यो

९/११ हमला अमेरिकी इतिहासमा सबैभन्दा दर्दनाक आक्रमणहरू मध्ये एक हो । इस्लामिक चरमपन्थी समूह अल कायदाका १९ आतङ्ककारीले गरेको यो हमलामा करिब ३ हजार मानिस मारिएका थिए । विमानहरू अपहरण गरेपछि चर्चित वर्ल्ड ट्रेड सेन्टरका दुई टावरसँग ठोक्काइएको थियो ।

सन् २००६ : इराकका सद्दाम हुसेनलाई फाँसी

यो वर्ष सद्दाम मारिएका थिए । सन् २००३ मा अमेरिकी सेनाले पक्राउ गरेको तीन वर्षपछि सद्दामलाई डिसेम्बर ३०, २००६ मा फाँसी दिइएको थियो ।

सन् २००९ : अमेरिकाले पहिलो अश्वेत राष्ट्रपति पायो

सन् २००९ अमेरिकी लोकतन्त्रका लागि गौरवमय वर्ष रह्यो । अश्वेतलाई मतदान गर्ने अधिकार नभएको देशमा अफ्रिकी मूलका बराक ओबामा राष्ट्रपतिमा निर्वाचित भए । ओबामा दुई कार्यकालका लागि संयुक्त राज्य अमेरिकाको राष्ट्रपति रहे । ओबामा राष्ट्रपति निर्वाचित हुँदा अमेरिका मन्दीबाट गुज्रिरहेको थियो ।

सन् २०११ : जब अमेरिकाले पाकिस्तानमा प्रवेश गरी ओसामालाई मार्यो

अल कायदा नेता ओसामा बिन लादेन सन् २०११ मा मारिएका थिए ९÷११ को ठिक दस वर्ष पछि, बिन लादेनलाई पाकिस्तानको एबोटाबादमा प्रवेश गर्ने अमेरिकी नेवी सिल कमाण्डोहरूले टाउकोमा गोली हाने । ओबामाले ह्वाइट हाउसबाट बिन लादेनको हत्या  प्रत्यक्ष हेरेका थिए ।

सन् २०१९ –२० : जब संसारमा सबैभन्दा ठूलो महामारीले आक्रमण गर्यो

सामाजिक दूरी वा क्वारेन्टिनजस्ता शब्दहरू सन् २०२०  भन्दा अघि हामीमध्ये कसैले पनि प्रयोग गरेका थिएनौँ । सन् २०२० भनेको सबैभन्दा ठूलो महामारीको आगमनको वर्ष हो । हुन त कोभिड सन् २०१९ मा नै आएको थियो, तर यसको सबैभन्दा खराब चरण २०२० मा थियो । कोभिडका कारण अहिलेसम्म करिब ६४ लाख मानिसको ज्यान गएको छ ।

सन् २०२१ : अफगानिस्तानमा फेरि तालिबानको शासन

२० वर्षपछि अमेरिकाले अफगानिस्तान छोडेपछि आम अफगानिस्तानको जीवनको आशा सदाका लागि समाप्त भयो । एक गोली पनि चलेन तर अफगान तालिबानको अगाडि झुक्यो । तालिबान कुनै बेला चरमपन्थी समूहमा गनिन्थ्यो, आज अफगानिस्तानको सत्तामा छ । यो तस्बिरले अफगानिस्तानको पीडालाई बताउँछ जब एक अबोध बालकलाई सुरक्षित भविष्यका लागि अमेरिकी फौज समक्ष सुम्पिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप