बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट प्रक्रियामा नागरिक सहभागिता सम्बन्धि कार्यक्रमको शुभारम्भ

budget
शुक्रबार, ०३ भदौ २०७९, १३ : ०८
शुक्रबार, ०३ भदौ २०७९

युरोपियन युनियन, युनिसेफ, युएनडीपी र युएन विमेनको सहयोगमा तथा मित्र समाज र डेक्स नेपालको संयोजकत्वमा बजेट प्रक्रियामा नागरिक सहभागिता सम्बन्धि कार्यक्रमको शुभारम्भ गरिएको छ । 

ललितपुरमा आयोजित एक कार्यक्रम यसै आर्थिक वर्षमा ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, वीरेन्द्रनगर नगरपालिका र धनगढी उपमहानगरपालिकामा यो कार्यक्रम  कार्यन्वयन गरिने जानकारी दिइयो । 

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको अध्यक्षता र अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । कार्यक्रममा पाँचै स्थानीय तहका मेयरहरुको उपस्थिति रहेको थियो । 

सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक संलग्नता सुनिश्चित गर्न कार्यक्रमले सहयोग गर्ने विश्वास गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप