अल्मुताइरीले पठाएको जवाफ एन्फाले तत्काल सार्वजनिक नगर्ने
शुक्रबार, ०३ भदौ २०७९, १२ : ३३
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पठाएको जवाफ अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल सार्वजनिक नगर्ने संकेत देखिएको छ ।
मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाएका हुन् । एन्फाले भने उक्त पत्रलाई तत्काल सार्वजनिक नगर्ने देखिएको हो । एन्फाका महासचिव किरण राईले अल्मुताइरीले पठाएको जवाफ अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।
‘एन्फालाई प्रशिक्षक अल्मुताइरीले जवाफ पठाइ सक्नु भएको छ । तर, पत्रमा के छ भन्ने उल्लेख गर्न मिल्दैन,’ राईले रातोपाटीसँगको कुराकानीमा भने । एसियन कप क्वालिफायर्स अन्तर्गत राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडीलाई बाहिरिन बाध्य बनाएको भन्दै अल्मुताइरी विवादमा तानिएका थिए ।
त्यसपछि विवाद छानविन समितिले अल्मुताइरीलाई दोषी ठहराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण