शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैवाहिक बलात्कारको आरोपमा युवक पक्राउ

शुक्रबार, ०३ भदौ २०७९, १२ : ३१
शुक्रबार, ०३ भदौ २०७९

आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भएर बानेश्वर बस्ने दिनेश कार्की छन् ।

२५ वर्षीय कार्की विरुद्ध उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् । बानेश्वरमा आफूलाई बलात्कार गरेको पत्नीको आरोप छ । कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अनामनगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

यसअघि समाचारमा घटनास्थल बानेश्वर हुनुपर्नेमा अन्यथा भएकामा सच्याइएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप