माओवादी स्थायी समिति बैठक सकियो
शुक्रबार, ०३ भदौ २०७९, ११ : १२
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीलाई अन्तिम रुप दिने विषयमा छलफल भएको थियो ।
बैठक शनिबार १ बजे पुनः बस्नेगरी सकिएको एक नेताले बताए ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ ।
बुधबार बसेको स्थायी कमिटी बैठकमा अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक