बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति पक्राउ

शुक्रबार, ०३ भदौ २०७९, ०९ : ५८
शुक्रबार, ०३ भदौ २०७९

चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर (२) का सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो । 

भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो ।

सभापति खडकाले  पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहिवार साँझ उनलाई उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका खडका माथी अनुसन्धान जारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप