आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

शुक्रबार, ०३ भदौ २०७९, ०९ : ३०
शुक्रबार, ०३ भदौ २०७९

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा  आज तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो ।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको हो । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकलमा सवार सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ठक्करबाट घाइते दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् । 

यस्तै पूर्वी चितवनको रत्ननगरमा बोलेरोले जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय  ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइते रानामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन । स्थानीयले अहिले सडक अवरुद्ध गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप