स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, फाइदाको सट्टा स्वास्थ्यमा हानी हुनसक्छ

person explore access_timeभदौ ३, २०७९ chat_bubble_outline0

स्याउ खानुका धेरै स्वास्थ्य लाभ छन् । मानिसलाई दैनिक एक स्याउ खाने सल्लाह दिइन्छ । स्याउमा भिटामिन बी६, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम, फस्फोरस र म्याङ्गेनिजको गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । स्याउले तपाईंलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ । तर स्याउले फाइदा गर्नुको सट्टा तपाईंको स्वास्थ्यलाई हानीसमेत पुर्‍याउन सक्छ । स्याउसँग वा यो खाएपछि केही चिज खाँदा स्वास्थ्यलाई हानी पुग्न सक्छ । यसबारे केही जानकारी लिऔँ :


स्याउ खाइसकेपछि भुलेर पनि नखानुहोस् यी चिजहरु



१. मूला



स्याउ खाएपछि तुरुन्तै मूला खानु हुँदैन । किनभने स्याउ र मूला दुवैमा शीतल प्रभाव हुन्छ । त्यसैले स्याउ खाएलगत्तै मूला खाँदा शरीरमा कफ बढ्छ । पाचन सम्बन्धी समस्या पनि हुन सक्छ ।

२. पानी

स्याउ खाएपछि बिर्सेर पनि पानी पिउनु हुँदैन । किनभने स्याउ खाएलगत्तै तुरुन्तै पानी पिउँदा पेटको पीएच लेभल बिग्रन्छ । यसले पाचन गडबडी, पेट फुल्ने र अपच हुन सक्छ । साथै, छालासँग सम्बन्धित धेरै समस्या हुन सक्छ ।

३. दही

स्याउ खाएपछि सकेसम्म दही पनि नखानुहोस् किनभने स्याउ र दही दुवैमा चिसो प्रभाव हुन्छ । त्यसैले स्याउ खाएलगत्तै दही खाँदा पनि शरीरमा कफ बढ्छ । पाचन सम्बन्धी समस्या पनि हुन सक्छ ।

४. सिट्रस फल र अचार

स्याउ खाएपछि तुरुन्तै अमिलो फलफूल र अचार खानु हुँदैन । स्याउ खाएपछि तुरुन्तै सिट्रस फलफूल र अचार खाँदा पेटमा साइट्रिक एसिड बढेर पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।