धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् ।
खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया गड्तौलाले बताए । “लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो ग¥यौँ”, उनले भने, “तर सुनुवाइ भएको छैन ।”
कार्यालयको ध्यानाकर्षण गराउँदासमेत उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने वातावरण नबनेको सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताए । “फोहर पानी दिएर नागरिकको स्वास्थ्यमा खेलबाड गर्न पाइँदैन”, उनले भने । धारामा दूषित पानी आउन थालेको महिनौं बितेपछि सामाजिक अभियन्ताको टोलीले संस्थानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग छलफलसमेत गरेको छ । शुद्ध पानी दिन उनले प्रतिबद्धता व्यक्त गरे।
दश दिनभित्र शुद्ध पानी वितरण गर्ने, धारा जडान र पाइप विस्तार गर्ने, दैनिक १४÷१५ घण्टा शुद्ध पानी वितरण गर्ने, ट्रिटमेन्ट प्लान्ट जडान गर्ने, पुरानो पाइप हटाएर नयाँ पाइप लगाउनेलगायत प्रतिबद्धता संस्थानले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक पुरुष मृत फेला
-
चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत जाँदै
-
अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा
-
पर्यटन प्रवर्द्धन गर्न हेटौँडा- सौराहा साइकल यात्रा
-
चितुवाको आक्रमणबाट ४ जना घाइते