बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जिम्बावेविरुद्ध भारत १० विकेटले विजयी

शुक्रबार, ०३ भदौ २०७९, ०७ : ०६
शुक्रबार, ०३ भदौ २०७९

जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले बिहीबार राति १० विकेटको जित निकालेको छ । यससँगै तीन खेलको शृंखलामा १-० ले अघि रह्यो । 

१९० रनको लक्ष्य भारतले बिना विकेट ३० ओभर ५ बलमा पूरा गरेको हो । भारतका शिखर धवनले ८१ र शुभमन गिलले ८२ रन बनाए ।  यसअघि टस हारेर पहिला  ब्याटिङ गरेको जिम्बाबेले ४० ओभर ३ बलमा सबै विकेट गुमाउँदै १८९ रन बनायो । कप्तान रिगिस चाकाभाले ३५ तथा रिचार्ड नगाभाले ३४ रन बनाए ।  भारतका लागि  दीपक चाहर, प्रसिद्ध कृष्णा तथा अक्षर पटेलले समान तीन विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप