शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवालाई ठाकुरको प्रश्न : गठबन्धनमा ल्याउने कि नल्याउने ?

शुक्रबार, ०३ भदौ २०७९, ०६ : ४४
शुक्रबार, ०३ भदौ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन्।

देउवालाई भेट्न बिहीबार विहान ठाकुर सहित लोसपाका शीर्ष नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए । भेटमा लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा ल्याउनेबारेमा आजभोलि नै निर्णय दिन ठाकुरले देउवासँग प्रश्न गरेका थिए।

'तपाईले हामीलाई ५ दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न ? यसको स्पष्ट जवाफ आजभोलि नै दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं,' भेटपछि लोसपाका नेता महतोले भने, 'प्रधानमन्त्रीज्यूले यसबारेमा एक/दुई दिनभित्रै स्पष्ट जवाफ दिन्छु भन्नुभएको छ।'

लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन प्रधानमन्त्री सकारात्मक भएको महतोले बताए। 'प्रधानमन्त्रीज्यू लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन सकारात्मक हुनुहन्छ। उहाँ (देउवा)ले यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरूसँग छलफल गरी जवाफ दिन्छु भन्नुभएको छ,' महतोले भने। यो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप