शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाबाट प्रतिबन्धित औषधिसहित युवक पक्राउ

बिहीबार, ०२ भदौ २०७९, २३ : ०४
बिहीबार, ०२ भदौ २०७९

धनुषा प्रहरीले एक लाखभन्दा बढी मूल्यको प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै नगराइन नगरपालिका ३ फुलगामा बस्ने २० बर्षीय पंकज साह छन् । साहलाई जनकपुरधाम उपमहानगरपालिका(७ जिरोमाइलबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

साहको साथबाट ९३ हजार २०६ मूल्य बराबरको रेजोस डिएसआर क्याप्सुल २९२ पता, २१ हजार ७१२ मूल्य बराबरको पेन्टोग आइटी डीएसआर ५९ पता, ४ हजार २८६ मूल्य बराबरको लिभ–सेट–५ लेखिएको औषधि ४७ पता र १ हजार ६७२ मूल्य बराबरको सेट्रिजाइर हाइड्रोक्लोराइड आइपी लेखिएको ११ पता औषधि बरामद भएको प्रहरीको भनाइ छ ।

साहलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग बीरगंज पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप