सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

राप्रपाद्वारा कोष वृद्धि अभियानको सुरुवात

बिहीबार, ०२ भदौ २०७९, २१ : ०५
बिहीबार, ०२ भदौ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा जनमत बढाउन कोष वृद्धि अभियानको  सुरुवात गरेको छ । काठमाडौंमा बिहीबार आयोजित एक समारोहबीच अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् ।

राप्रपाका अनुसार उक्त नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दु राष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दु राष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई  जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आव्हानसहित  कोष वृद्धि अभियानको सुरुवात गरिएको हो ।

हिन्दु राष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले पार्टीका महामन्त्री एवं आर्थिक स्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा अभियान सुरु गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप