बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पिताको सम्झनामा वडा कार्यालयलाई जग्गादान

बिहीबार, ०२ भदौ २०७९, २० : ०५
बिहीबार, ०२ भदौ २०७९

रौतहटको चन्द्रपुर नगरपालिकाका यादवराज पुरीले वडा कार्यालय भवन निर्माणका लागि डेढ कठ्ठा जमिन दान गरेका छन् । बिहीबार जनज्योति माध्यमिक विद्यालयको सभाकक्षमा भएको वडा भेलामा उनले पिता स्वर्गीय लालबहादुर पुरीको सम्झनामा कित्ता नम्बर १५३१ को डेढ कठ्ठा जमिन दान गरेका हुन् ।

चन्द्रपुर नगरपालिकाको ‘रिङ रोड’ र मोथियाही रोडले छोएको उक्त जमिन वडा नम्बर ६ को कार्यालय भवन निर्माणका लागि उनले दान गरेका हुन् । पुरीका पिताको गत साउन १४ गते असामयिक निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप