अख्तियारको छापाविरुद्ध पठनपाठन बन्द गर्ने सामुदायिक विद्यालयको चेतावनी
सुर्खेतको वीरेन्द्रनगरका विभिन्न सामुदायिक विद्यालयले भदौ ७ गतेदेखि विद्यालयको पठनपाठन बन्द गर्ने चेतावनी दिएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले राजधानी वीरेन्द्रनगरको जन माध्यमिक विद्यालय (जनमावि)का कागजात नियन्त्रणमा लिएको विषयलाई लिएर विद्यालयहरूले आपत्ति जनाएका हुन् ।
जनमाविले कक्षा ११ का विद्यार्थी भर्नाको क्रममा रसिदबिना नै रकम संकलन गरेको भन्दै अख्तियारको टोलीले विद्यालयका कार्यालय सहायक र सूचना सहायकको दराजका कागजात नियन्त्रणमा लिएको थियो । सो विषयमा जनमाविले बिहीबार विज्ञप्ति जारी गर्दै विद्यालयका पदाधिकारीमाथि लगाइएको आरोप निराधार र कपोकल्पित भएको दाबी गरेको छ । ०७९ जेठ ५ गते अभिभावकहरुको भेलाबाट स्वेच्छिक रुपमा विद्यालयलाई दान, चन्दा स्वरुप रकम उपलब्ध गराउने भन्ने निर्णय भएको र सोही अनुसार अभिभावकबाट लिएको दान, चन्दा बापतको रकम विद्यालयकै पठन–पाठनमा संलग्न निजी श्रोतबाट नियुक्त कर्मचारीलाई पारिश्रमिक प्रदान गर्न प्रयोग गर्ने गरिएको विद्यालयको भनाइ छ ।
अख्तियारले छापा मारेर जफत गरेको २ लाख ७६ लाख ९९० रुपैयाँमध्ये एसइई ग्रेडवृद्धि परीक्षा आवेदन फारम बापतको राजस्व रकम ९३ हजार ५००, पेटी क्यास बापतको १० हजार नौ सय, बालबालिकाको खाजा खर्च रकममध्ये भुक्तानी गर्न बाँकी रकम २२ हजार ७९० र अभिभावकबाट प्राप्त चन्दा, दान बापतको रकम १ लाख ४९ हजार ५०० रहेको विद्यालयले जानकारी दिएको छ ।
विद्यालयमा प्रधानाध्यापक यामबहादुर श्रेष्ठले कक्षा ११ र १२ तर्फ २२ जना शिक्षक आवश्यक रहे पनि ३ जना विषयगत शिक्षकको मात्र स्वीकृत दरबन्दी रहेको बताए । जसका कारण विद्यालयको पठनपाठन असम्भव देखिएकाले अभिभावकबाट दान, चन्दाबाटै विद्यालय चलाउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ छ । बिहीबार नै वीरेन्द्रनगरका सामुदायिक विद्यालयले संयुक्त विज्ञप्ति निकाल्दै पठनपाठन बन्द गर्ने चेतावनी दिएका छन् । विभिन्न निकाय, व्यक्ति र संस्थाबाट पटकपटक गरिने अवरोध तथा अनुचित हस्तक्षेपका कारण विद्यालयको पठनपाठन र अभिभावकको भावना, विद्यार्थीको सपना र शिक्षक तथा विद्यालयको अभिभावकीय संस्थाको मनोबल र आत्म सम्मानमा चोट पुगेको उनीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल