बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक चेकिङमा ११४ जना कलेजका विद्यार्थी कारवाहीमा

बिहीबार, ०२ भदौ २०७९, १९ : ३०
बिहीबार, ०२ भदौ २०७९

उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङमा १ सय १४ जना क्याम्पसका विद्यार्थी कारवाहीमा परेका छन् । बिहिबार गरिएको चेकिङमा उनीहरु कारवाहीमा परेका हुन् । 

कारवाहीमा पर्नेमा सवारी चालक अनुमती पत्र बिना सवारी साधन चलाउने विद्यार्थी धेरै छन् । बिहिबारको चेकिङमा ४८ जना लाइसेन्स बिना सवारी चलाउने विद्यार्थीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

आवश्यक कागजात साथमा नराख्ने ४२ जना, लापरवाहीको साथ सवारी चलाउने ११ जना र तिब्र गतिमा सवारी चलाउने ८ जना कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले हेलमेट नलगाउने ३ जना र दुईपांग्रेस सवारीमा ३ जना बोकेको आरोपमा दुईजना विद्यार्थीलाई कारवाही गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप