कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

person explore access_timeभदौ २, २०७९ chat_bubble_outline0

कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नका लागि मर्चेण्ट बोनस योजना ल्याएको छ । यो योजना बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि भदौ १ देखि सुरु गरेको जनाएको छ ।


“क्युआरको कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५% वा रु.५० सम्म बोनस बापत बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।