शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वाईसीएलको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा

बिहीबार, ०२ भदौ २०७९, १९ : १२
बिहीबार, ०२ भदौ २०७९

शुक्रबार र शनिबार हुने माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालको राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर वाईसीएलले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

राष्ट्रिय सभागृहमा हुने सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै भेला उद्घाटन सत्र, बन्द सत्र र समापन सत्र गरी तीन सत्रमा अघि बढ्ने संयोजक सुमन देवकोटाले जानकारी दिए । बन्दसत्रमा संगठनको विगतका कामहरुको सिंहावलोकन, क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल गरी समग्र कार्यदिशा तय गरिने उनको भनाइ छ । 

यस्तै अवको युवा आन्दोलन परम्परागत नभइ रोजगार, स्वरोजगार निर्माण, श्रम र उद्यमशीलतामा जोड गरिने पनि उनको भनाइ छ । भेलाले विधानअनुसार केन्द्रीय समिति र पदाधिकारी सर्वसम्मत निर्वाचित गरिने उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप