मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहको निर्देशन

बिहीबार, ०२ भदौ २०७९, १९ : ०९
बिहीबार, ०२ भदौ २०७९

लघुवित्तविरुद्धको संघर्ष समितिको नाममा गलत गतिविधि चलाउने जो कोहीलाई कारबाही गर्न गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयहरुलाई निर्देशन गरेको छ । बिहीबार एक परिपत्र गर्दै मन्त्रालयले लघुवित्तविरुद्ध संघर्ष समितिलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको हो । 

मनिराम ज्ञवाली अध्यक्ष रहेको लघुवित्त संस्था विरुद्धको संघर्ष समितिको अनावश्यक मुद्दा बोकेर लघुवित्तको विरुद्धमा कुप्रचार गर्दै हिँडेको, लघुवित्त संस्था नै खारेज गर्नुपर्छ भन्दै हिँडेको र बचतकर्ताहरुसँगै चन्दा उठाउने गरेको भन्दै साउन ३० गते उजुरी परेपछि सोही उजुरीका आधारमा कारबाही गर्ने निर्देशन गरिएको मन्त्रालयले जनाएको छ । 

‘देशको प्रचलित कानुन बमोजिम दर्ता भई सरोकारवाला निकायबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका लघुवित्त संस्थाहरुविरुद्ध हाल केही व्यक्ति तथा ‘लघुवित्त संस्था विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समूहले सुनियोजित तवरले आन्दोलन गरी कार्यक्रममा अवरोध सृजना गर्ने कार्य गरेको भन्दै लघुवित्त बैंकर्स संघले आवश्यक कारवाहीका लागि मन्त्रालयलाई पत्र लेखेको अनुसार सो समूहलाई कारबाही गर्न निर्देशन गरिएको छ’ मन्त्रालयबाट जारी निर्देशनमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप