जनमोर्चाकी सांसद पौडेलले गरिन् नागरिकता विधेयकको विपक्षमा मतदान
बिहीबार, ०२ भदौ २०७९, १९ : ०६
सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नागरिकता विधेयकको विपक्षमा मतदान गरेकी छन् । बिहिबार प्रतिनिधिसभामा विधेयकमाथि भएको मत विभाजनका क्रममा उनले विपक्षमा मतदान गरेकी हुन् ।
मत विभाजनको क्रममा सभामुखको दायाँतर्फ पक्षका सांसदलाई दस्तखत गर्न र बायाँतर्फ विपक्षका सांसदलाई दस्तखतको व्यवस्था थियो । सांसद पौडेलले बायाँतर्फ गएर दस्तखत गरेकी हुन् । १९५ जना सांसद उपस्थित रहेको प्रतिनिधि सभामा नागरिकता विधेयकको पक्षमा १३५ सांसद र विपक्षमा ६० सांसदले मतदान गरेका छन् । नागरिकतासम्बन्धी पहिलो संसोधन विधेयक २०७९ बहुमतले पारित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान