बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक बिदाको दिनमा समेत आयोग र अन्तर्गतका कार्यालय खुला रहने

बिहीबार, ०२ भदौ २०७९, १९ : ०३
बिहीबार, ०२ भदौ २०७९

मंसिर ४ गते आइतबारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी कामको चापका कारण निर्वाचन आयोग सार्वजनिक बिदाको दिन समेत खुला हुने भएको छ । 

नियमित रूपमा सम्पादन गरी निर्धारित मितिमा नै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश निर्वाचन कार्यालय (७) तथा जिल्ला निर्वाचन कार्यालय (७०) सार्वजनिक बिदाका दिनहरूमा समेत खुला रहने आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप