शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

शुक्रबार बिहानसम्मका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

बिहीबार, ०२ भदौ २०७९, १८ : १५
बिहीबार, ०२ भदौ २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीबार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेर दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।

पुनः ६ बजेका लागि बोलाएको बैठक शुक्रबार बिहान ८:३० बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबार ८ बजेका लागि बोलाइएको माओवादी स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले नेता जनार्दन शर्मा र वर्षमान पुनबीचको प्रतिस्पर्धाबाट महासचिवमा अर्का नेता देव गुरुङको प्रस्ताव गर्ने जनाइएको छ ।​


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप