शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक : प्रतिनिधिसभामा मतदान गर्न एमालेको माग

बिहीबार, ०२ भदौ २०७९, १७ : ५९
बिहीबार, ०२ भदौ २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ ।

बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् । 

सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । उनले  मत विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप