आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका

बिहीबार, ०२ भदौ २०७९, १७ : ५५
बिहीबार, ०२ भदौ २०७९

अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेई भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ ।  ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउन साङ्केतिक प्रयासस्वरुप वासिङट्नले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो । सभामुख पेलोसीको भ्रमणपछि ताइवानलाई तर्साउन बेइजिङले समुद्रमा मिसाइल प्रहारको सैन्य अभ्यास गरेपछि बिहीबार वासिङट्नले व्यापार वार्ताको घोषणा गरेको हो ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले बेइजिङसँगको तनावबारे केही उल्लेख गरेको छैन तर व्यापार र नियामक सहयोग बढाउन औपचारिक वार्ता हुन लागेको बताएको छ । एशिया–प्रशान्त क्षेत्रका लागि राष्ट्रपति जो बाइडेनका संयोजक कर्ट क्याम्पबेलले गत साता ताइवानसँगको अमेरिकी सम्बन्धलाई सघन बनाउने प्रयासस्वरुप व्यापार वार्ता हुन लागेको गत साता सञ्चारकर्मीलाई बताएका थिए । उनले ताइवान प्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि स्पष्ट गरेका थिए ।

संयुक्त राज्य अमेरिकाको ताइवानसँग कुनै आधिकारिक सम्बन्ध छैन तर यसको अनौपचारिक दूतावासको काम ताइवानस्थित अमेरिकन इन्स्टिच्युटले गर्दै आएको छ । वासिङ्टनले चीन र ताइवानको हैसियतमा कुनै अडान नराख्ने तर उनीहरूको विवाद शान्ति पूर्णरूपमा समाधान गर्न चाहेको बताएको छ ।    

सन् १९४९ को गृहयुद्धपछि चीन र ताइवान विभाजन भएका थिए तर चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेर ‘एक राष्ट्र दुई प्रणाली’अनुसार त्यहाँ चिनियाँ शासन प्रणाली लागू गरेको छ । बेलाबेलामा बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने चेतावनी पनि दिँदै आएको छ ।

 अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले ताइपेइलाई चीन सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँग अनौपचारिक रक्षालगायत अन्य सम्बन्धलाई पनि कायम राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप