आर्यनको फिल्म ‘सायरा’ बलिउडका देसाईले निर्देशन गर्ने
अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशाल बीच बिहीबार फिल्म निर्देशन विषयमा सम्झौता भएको छ । मुम्बईमा फिल्म सम्झौता भएको हो ।
‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुसी मिलेको छ’ मुम्बईमा रहेका निर्माता रघुले भने । निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताए । उनले भने, ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । साँस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ ।
निर्देशक देसाईले वीरगति र ढोलकी नामक फिल्म निर्देशन गरिसकेका छन् । यस्तै उनले ‘कामिनी दामिनी’ नामका टिभी सिरियल समेत निर्देशन गरे । फिल्म कम्पनी डीबीआर मिडिया एण्ड मुभिज प्रालिले निर्माण गर्न लागेको हो । फिल्मको छायाङ्कन आगामी दशै पछि सुरु हुनेछ । फिल्ममा अभिनेताको रुपमा आर्यन सिग्देल केहि अगाडि मात्र अनुबन्धित भएका हुन् ।
फिल्म कम्पनी डीबीआर मिडिया एण्ड मुभिज प्रालिले निर्माण गर्न लागेको हो । फिल्मको छायाङ्कन आगामी दशै पछि सुरु हुनेछ । फिल्मको ९० प्रतिशत छायाङ्कन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान