बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गाँजा खाने टुरिष्टलाई थाइल्याण्ड नआउन स्वास्थ्यमन्त्रीको आह्वान

बिहीबार, ०२ भदौ २०७९, १६ : २७
बिहीबार, ०२ भदौ २०७९

थाइल्याण्डका स्वास्थ्यमन्त्रीले गाँजा खानमात्र आउने पर्यटकहरूलाई आफ्नो देशको भ्रमणमा नआउन आह्वान गरेका छन् । दुई महिनाअघि थाइल्याण्डमा गाँजाको प्रयोगलाई अपराध नमान्ने कानुन आएपछि धेरै पर्यटकहरु गाँजा सेवनकै लागि जाने गरेको पाइएको छ । ‘हामी त्यस्ता पर्यटकलाई स्वागत गर्दैनौँ,’ अनुतिन चर्नभिराकुलले बुधबार पत्रकारहरुसँगको कुराकानीमा भने । 

सन् २०१८ मा थाइल्याण्डले चिकित्सकीय प्रयोगको लागि गाँजाको प्रयोगलाई वैध बनाएको थियो । थाइल्याण्ड कुनै पनि उद्देश्यका लागि गाँजाको प्रयोगलाई वैध बनाउने पहिलो दक्षिणपूर्वी एशियाली मुलुक थियो । 
यो वर्ष जुनमा भने कुनै पनि प्रयोजनको लागि गाँजा सेवन गर्दा कारबाही नहुने कानुन पास गर्यो । 

सरकारले गाँजाको सेवनलाई वैध बनाएको भएपनि उच्च प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ । सरकारको आग्रहका बाबजुद गाँजा सेवन लोकप्रिय बनेको छ । रेष्टुराहरुमा गाँजा सेवनको लागि अलग कोठाको व्यवस्था गर्न थालिएको छ । 

गाँजाको प्रयोग वैध भएको भए पनि सार्वजनिक स्थानमा सेवन गर्नेहरुलाई तीन महिनाको जेल सजाय वा झण्डै ७०५ अमेरिकी डलर जरिवाना तोकिएको छ । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप