पुटिनको अफर : १० सन्तान जन्माउनेलाई २० लाख
रुसको जनसंख्या कम भइरहेको छ । यसले देशका राष्ट्रपति भ्लादिमिर पुटिनलाई तनावमा पारेको छ । उनले यो संकटबाट निस्कनका लागि महिलालाई १० जना सन्तान जन्माउन आग्रह गरेका छन् । यस्तो गर्दा महिलालाई लगभग १६,००० डलर (२० लाख रुपैयाँ) दिइने द टाइम्सले बताएको छ ।
१० बालबालिका जन्माउने महिलालाई ‘मदर इन्डिया’ नामको अवार्ड पनि दिइनेछ । यो अवार्ड दोस्रो विश्वयुद्धका बेला दिने गरिन्थ्यो । त्यतिबेला पनि रुसको जनसंख्या तीब्र रुपमा घटिरहेको थियो । रुसले सन् १९९१ मा सोभियत संघ टुटेपछि यो अवार्ड दिन बन्द गरिएको थियो ।
महिलाले कहिले पाउनेछन् पैसा ?
पुटिनले यस्तो प्रस्ताव १५ अगस्टमा गरेका थिए । जसअनुसार महिलालाई एकमुष्ट रकम उपलब्ध गराइनेछ । यो रकम १० औँ सन्तान एक वर्ष पुरा भएको मौकामा आमाको अकाउन्टमा ट्रान्सफर गरिनेछ । आमाले कुनै हमलामा आफ्नो सन्तान गुमाएकी छिन् वा कारण वश बच्चाको मृत्यु हुन्छ भने पनि आमालाई पूरा २० लाख रुपैयाँ दिइनेछ ।
पुटिनको निर्णयमाथि विरोध
रुसी राजनीति र सुरक्षा विशेषज्ञ डा. जेनी म्याथर्सले यो निर्णयको विरोध गरेकी छिन् । उनले भनिन्, ‘यो वास्तवमा नै निकै अचम्मको कदम हो । मेरो भन्नुको अर्थ के हो भने रुसको जनसंख्यामा गिरावट पक्कै आएको छ । सन् १९९० को दशकपछि जनसंख्या बढाउन कोसिस पनि भइरहेको छ । रुस–युक्रेन युद्धपछि स्थिति थप मुश्किल भएको छ । थुप्रै रुसी सैनिकको ज्यान गएको छ ।’
‘कोरोना भाइरसले पनि मानिसको ज्यान लिएको छ । महिलालाई ठूलो परिवार बनाउन यो एक प्रयास हो तर १६ हजार डलरमा १० जना बच्चा कसरी हुर्काउने ? उनीहरु कहाँ बस्ने ? रुसमा थुप्रै आर्थिक, सामाजिक र राजनीतिक समस्या छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी