शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती नदीमा २५ जना विद्यार्थी चढेको डुंगा पल्टियो

बिहीबार, ०२ भदौ २०७९, १५ : ११
बिहीबार, ०२ भदौ २०७९

दाङमा विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् ।  ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।

क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले पल्टिएको देखिएको उनले बताए । लमही नगरपालिका–९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका–७मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीहरू सवार डुंगा दुर्घटनामा परेको हो । 
दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको बताए । 

लमही नगरपालिका-९ तरूलियाका सिक्टा माविमा  कक्षा ६ मा अध्ययनरत १३ वर्षीय मनिष विक, १२ वर्षीया रिमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप